.

Wednesday, January 15, 2014

चुरा पोते सिंदुर हाली तिम्रो सिउदो सजाउला

गीत...............................................
चुरा पोते सिंदुर हाली तिम्रो सिउदो सजाउला
सानु मलाई साथ देऊ यही माघमा भगाउला

बाबा आमा इष्ट मित्र सबलाई साथमा राखेर
पुर्ण रुपमा विश्वास दिन्छु देवी देउता भाकेर
तिमीलाई माया कति गर्छु सबै सामु बताउँला
मलाई साथ देऊ सानु यही माघमा भगाउला

हजार जुनि जुनिसम्म हाम्रो माया सफल पारौ
खुसी साथ पिरतीको सुन्दर दिलमा डेरा सारौ
मुना मदन जोडि बनी छुट्टै संसार बनाउला
मलाई साथ देऊ सानु यही माघमा भगाउला

चुरा पोते सिंदुर हाली तिम्रो सिउदो सजाउला
सानु मलाई साथ देऊ यही माघमा भगाउला

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग