.

Thursday, January 9, 2014

गजल, (हटाई सुस्त सुस्त )

मलाई मेरी प्यारीले हटाई सुस्त सुस्त 
झोला बोकाई विदेश पठाई सुस्त सुस्त

मेरो धड्कन मेरो कालु सबै जान्नु पर्छ
फकाई फुलाई अरबी रटाई सुस्त सुस्त

रात दिन फोन गरी सताई पहिले पहिले
बिस्तारै फोनको लाइन कटाई सुस्त सुस्त

दुई महिना हुन पाएन म परदेश आएको
उतातिर अर्कै मान्छे खटाई सुस्त सुस्त

यस्तै रैछ माया प्रेम बल्ल आज बुझेको छु
अमृत रोपी विषको प्याला चटाई सुस्त सुस्त

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग