.

Tuesday, February 25, 2014

गीत.................................................

तिम्रो माया सुस्त सुस्त चढ्न लाग्यो नशा सरी 
जहाँ जान्छु तिम्रै तस्वीर आई दिन्छ वरी परी

भुलाउन सक्ने छैन अब भने तिम्रो माया
मुटु भित्र बसेकी छौ धड्कन् बनी दाँया बायाँ
तिम्लाई सम्झि एकान्तमा आशुँ झर्छ घरीघरी
जहाँ जान्छु तिम्रै तस्वीर आई दिन्छ वरी परी

साथ देऊ सधैँ सधैँ अजम्बरी माया लगाई
मुना मदन जोडि बनी बसुलानी प्यार जगाई
दुई मुटु एक भए छुट्ने छैन कसै गरी 
जहाँ जान्छु तिम्रै तस्वीर आई दिन्छ वरी परी

तिम्रो माया सुस्त सुस्त चढ्न लाग्यो नशा सरी 
जहाँ जान्छु तिम्रै तस्वीर आई दिन्छ वरी परी

No comments:

Post a Comment

स्मृति–संग्रहमा

श्रुति–संवेग