.

Wednesday, February 12, 2014

गीत........................................

गीत........................................
यस्तो झुटो संसारमा बाँच्नु छैन अब
मुटु भित्र ढुङ्गा राखी हाँस्नु छैन अब 

आफन्तनै टाढा हुन्छन् कैलेकाहीँ दुःख पर्दा
साथ दिने कोही हुन्नन् ओइलिएर भुई झर्दा
तुर्इ जान्छ स्वप्नाहरू साँच्नु छैन अब
मुटु भित्र ढुङ्गा राखी हाँस्नु छैन अब 

जति रोए रोइसके अब भने रुने छैन
जुनी भर एक्लै बस्छु तर तिम्रो
हुने छैन
सबै बुझे जवानी यो माँस्नु छैन अब 
मुटु भित्र ढुङ्गा राखी हाँस्नु छैन अब 

यस्तो झुटो संसारमा बाँच्नु छैन अब
मुटु भित्र ढुङ्गा राखी हाँस्नु छैन अब

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग