.

Wednesday, February 12, 2014

गज़ल ( के अर्थ भो जीन्दगीको)

फूलले पनि घोच्छ भने के अर्थ भो जीन्दगीको
काँडै काँडा रोज्छ भने के अर्थ भो जीन्दगीको

खुसी हरु तुहिदिन्छन दुःख यहाँ फुल्ने गर्छन् 
जूनले पनि पोल्छ भने के अर्थ भो जीन्दगीको

घर जहान रुवाई छाडि खाडि तिर कदम राख्दा
भूमरीले
छोप्छ भने के अर्थ भो जीन्दगीको

जसो तसो पाईलाहरु घिसारेर अगि बढ्दा
नियतीले
रोक्छ भने के अर्थ भो जीन्दगीको

माथ टेकि शरण परि भगवान् पुज्न खोज्दा
उल्टै दुःख
पोख्छ भने के अर्थ भो जीन्दगीको

दुनिया सारा बुझेपछि सोच्न विवश भएको छु
उत्तर लेनै
सोध्छ भने के अर्थ भो जीन्दगीको

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग