.

Wednesday, February 12, 2014

पिरतीको बोट हामी फुलाउ सानु यसै गरी

गीत.............................................
पिरतीको बोट हामी फुलाउ सानु यसै गरी 
बाँचुञ्जेर हाँसौ खेलौ खुसी साथ सधैँ भरी

मरेपछि कात्रो बेरी लैजानेछन तीरतिर 
बुझेकिछौ सबै कुरा किन लिन्छेउ व्यार्थै पिर
आऊ माया प्रेम प्याला पिलाउनु बसाई सरी
बाँचुञ्जेर हाँसौ खेलौ खुसी साथ सधैँ भरी

सँगै फूलीसँगै झरी जीन्दगानी बिताउला
तिम्रो मात्र जूनी भर मैले भलो
चिताउला
नजानु है माया गर्दा कहि कतै आँखा तरी 
बाँचुञ्जेर हाँसौ खेलौ खुसी साथ सधैँ भरी

पिरतीको बोट हामी फुलाउ सानु यसै गरी 
बाँचुञ्जेर हाँसौ खेलौ खुसी साथ सधैँ भरी

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग