.

Wednesday, February 12, 2014

गज़ल (यी आकाशका तारा झारेर देखा)

यी आकाशका तारा झारेर देखा
सानिलाई जालमा पारेर देखा

साँच्चै प्रेम दिवस मनाउने भए
दुई आत्मा एकठाउँ नारेर देखा

सौचालयमा देउता राख्छु म भनछस्
सक्छस बाबु आमा
मारेर देखा

लक्ष्यलाई चुम्नु पहिले हे मुर्ख
एकचोटि आफुसँग
हारेर देखा

जनता को मुहार फेर्नु छ भने
गरिबलाई महल
सारेर देखा

विज्ञानको खुबै फुर्ति लाउछस
लौ मलाई बैतर्नी
तारेर देखा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग