.

Wednesday, February 12, 2014

मर्छु बरु छट्पटिमा तिम्रो साथ चाहिदैन

गीत...........................................
मर्छु बरु छट्पटिमा तिम्रो साथ चाहिदैन
जानेको छु बुझेको छु देखेको यहाँ पाईदैन

आकाशका जून झार्ने झुटो नाटक देखाएर
अचानोमा गर्दन राखी खुकुरीले रेटाएर
तिम्रै सामु घुँडा टेकि भोभो माया लाईदैन
जानेको छु बुझेको छु देखेको यहाँ पाईदैन

एकान्तमा बस्छु बरु गाउँ छाडि शहर छाडि
धन दौलत चाहिदैन नत मलाई कुनै
गाडि
अन्तिम पटक भन्दै छु म अब भेट्न धाईदैन
जानेको छु बुझेको छु देखेको यहाँ पाईदैन

मर्छु बरु छट्पटिमा तिम्रो साथ चाहिदैन
जानेको छु बुझेको छु देखेको यहाँ पाईदैन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग