.

Wednesday, February 12, 2014

गज़ल (युवा परदेश लागे हुन्छ)

बुढा खाडा सत्तातिर युवा परदेश लागे हुन्छ
मन भरी बोकी पिर युवा परदेश लागे हुन्छ

देशको ठुलो कार्यभार शुशिललाई सुम्पेपछि
गल्ती भयो त्यही निर युवा परदेश लागे हुन्छ

दक्षिणतिर भारतले बेला बेला धावा बोल्दा
कति बस्छौ झुकाई
शिर युवा परदेश लागे हुन्छ

राष्ट्रघाती नेताहरू मोज मस्तीमा तल्लिन हुदा
देश लम्क्यो उधो
भिर युवा परदेश लागे हुन्छ

भोट माग्न नेताहरू तामझाम गरी पर्टि दिदा
खानुभन्दा रमाई
खिर युवा परदेश लागे हुन्छ

देशद्रोही भ्रष्टाचारी आँखा चिम्ली भन्छन यहाँ
मुटु भित्रै उनी झिर
युवा परदेश लागे हुन्छ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग