.

Sunday, March 23, 2014

गज़ल (बिरहमा कति पिरमा मरेका छन)

कति बिरहमा कति पिरमा मरेका छन
कोही बगरमा कोही तिरमा मरेका छन
.
मर्ने क्रम निरन्तर जारी छ यो संसारमा
जनयुद्धमा कैयौ तारे भिरमा मरेका छन
.
आजकाल माच्छा पनि सुरक्षित छैन यहाँ
हेर्नुहोस त उन्निएर झिरमा मरेका छन
.
काल त आखिर काल नहो सबलाई आउछ
गरिब पिरमा मरे धनी खिरमा मरेका छन
.
आज विवश जस्ता कैयौ पागल प्रेमीहरू 
दिन दाहाडै मायाको लकिरमा मरेका छन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग