फकाउन किन आउछौँ फुलाउन किन आउछौँ ?
रुन देऊ भो जति रुन्छु भुलाउन किन आउछौँ ?
.
पराईको त्यो हातबाट सिन्दूर पोते लगाई छौ !
भन फेरि मनमा माया हुलाउन किन आउछौँ ?
.
जब तिम्ले संघार नाघ्यौं सम्बन्धलाई टुक्राएर !
अँझै तिमी त्यस्तो नाता खुलाउन किन आउछौँ ?
.
तिमी जाँदा मलाई छोडी मनमा दाग लागेको थ्यो !
फेरि झुटो आस्वासनले धुलाउन किन आउछौँ ?
.
पिरतीका पहाडहरू भत्काएरसम्म बनाई !
उही माया हिउँचुली झैँ चुलाउन किन आउछौँ ?
.
प्रश्नहरू धेरै नै छन यो मन भित्र गुम्सिएको
धोका दिँदै दिनानुदिन झुलाउन किन आउछौँ ?

No comments:
Post a Comment