.

Saturday, March 22, 2014

गजल ( हार्छ समयले बताउने छ)

कस्ले जीत्छ कस्ले हार्छ समयले बताउने छ
कति चौका छक्का मार्छ समयले बताउने छ
.
खेल्नु पर्छ निडर बनी विरताको गाथा बोकी
कस्ले किल्ला कता सार्छ समयले बताउने छ
.
अस्ति जतै गौचनले बोल्ड गराई दियौ भने
हेरु कस्ले आँशु झार्छ समयले बताउने छ
.
आजसम्म खेलकुदमा पछि पर्या नेपाललाई
क्रिकेट लेनै खोली तार्छ समयले बताउने छ
.
हामी सबै नेपालीले जोस बडाउ खेलाडिको
पक्कै जित हात पार्छ समयले बताउने छ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग