.

Saturday, March 22, 2014

पजल (म्यासेजमा थर्काएर जान्छिन)

उनि आउछिन् म्यासेजमा थर्काएर जान्छिन
तथानाम गाली सँगै आँशु दर्काएर जान्छिन
.
कस्तो दिनमा माया प्रेममा फसेछु थाहा छैन
बल्ल तल्ल निको भा मुटु चर्काएर जान्छिन
.
गरेकै थिए मैले पनि सके जति माया उन्लाई
के भुल भयो दिएको चिनो फर्काएर जान्छिन
.
सम्झाउन हुदै हुन्न लाख कोशिश गरेर नि
झन झन ति ठुला आँखा तर्काएर जान्छिन
.
नजाउ प्यारी तिमी बिना मर्छु भने पनि
मडक मडक बारुली कम्मर मर्काएर जान्छिन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग