.

Friday, August 8, 2014

जाँउ सानु अरु सँगै नजिक सर्नु पर्दैन भो

गीतीलहर....................
जाँउ सानु अरु सँगै नजिक सर्नु पर्दैन भो
वचन वाण हानी सक्यौ माया गर्नु पर्दैन भो

जोवान थियो वैश थियो चरेकी थ्यौँ रमाएर
जानु अखिर रै छ आज पराई हात समाएर
बाँच्ने छु म तिम्रो यादमा तिमी मर्नु पर्दैन भो
वचन वाण हानी सक्यौ माया गर्नु पर्दैन भो

भुलिदिला हिजो सम्म जे–जे थियो हामी माँझ
अन्तीम पटक भेट्ने इच्छा अपुरो भो हर साँझ
विवश यसै मर्छ सानु आँखा तर्नु पर्दैन भो
वचन वाण हानी सक्यौ माया गर्नु पर्दैन भो

जाँउ सानु अरु सँगै नजिक सर्नु पर्दैन भो
वचन वाण हानी सक्यौ माया गर्नु पर्दैन 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग