म मरुला तिमी बाँच्नु अब नविन संसारमा
दुःख व्याथा पीर माँस्नु अब नविन संसारमा
बाँस माथी लास राखी मेरो घरमा शंख बज्दा
बाजा–गाजा बजाई नाँच्नु अब नविन संसारमा
बगर लगि लास राखी दाग बत्ती दिए भने
तिमी नयाँ स्वप्ना साँच्नु अब नविन संसारमा
कुनै दिन खोपेका थ्यौँ रुख बिच हाम्रो नाम
भैगो अब टाटु ताँस्नु अब नविन संसारमा
अस्तु बगाई नदि विच फर्के भने विवशको
छाती पिट्दै खुब हाँस्नु अब नविन संसारमा
======================
दुःख व्याथा पीर माँस्नु अब नविन संसारमा
बाँस माथी लास राखी मेरो घरमा शंख बज्दा
बाजा–गाजा बजाई नाँच्नु अब नविन संसारमा
बगर लगि लास राखी दाग बत्ती दिए भने
तिमी नयाँ स्वप्ना साँच्नु अब नविन संसारमा
कुनै दिन खोपेका थ्यौँ रुख बिच हाम्रो नाम
भैगो अब टाटु ताँस्नु अब नविन संसारमा
अस्तु बगाई नदि विच फर्के भने विवशको
छाती पिट्दै खुब हाँस्नु अब नविन संसारमा
======================





No comments:
Post a Comment