श्वास रुक्छ मुटु दुख्छ भन्छन् पागल प्रेमीहरु
उनि अघि शिर झुक्छ भन्छन् पागल प्रेमीहरु
असीना ले चुटे पनि शिशर अघि बसन्तमा
फुल्न खोज्दा डाँली नुग्छ भन्छन् पागल प्रेमीहरु
कोरा कागज कालो मसी प्रेममय भएन खै
क्यानभासमा चित्र उड्छ भन्छन् पागल प्रेमीहरु
अतित भुली सबै माझ हाँसु खेलु भने पनि
सम्झे पछि मन रुन्छ भन्छन् पागल प्रेमीहरु
अाज सम्म 'विवश' बनी बाँचे पनि संसारमा
भोली पक्कै माया फुल्छ भन्छन् पागल प्रेमीहरु

No comments:
Post a Comment