.

Friday, August 8, 2014

गजल , चरी मरे भिडन्तमा

नेपालका ठुला ठाला चरी मरे भिडन्तमा 
गरी हिड्थे हत्या साला चरी मरे भिडन्तमा

अपराध को दुनिया मा दिन्न भन्थे बाँच्न धेरै
निभ्यो बत्ती रह्यो पाला चरी मरे भिडन्तमा

डाली बिच फूल सरी फूलेको यो जवानीको
मेटिएछ साला खाला चरी मरे भिडन्तमा

यिनी सँगै बाँचेका ति झन्डुबाम गुण्डाको त
लागी छाड्यो भोटे ताला चरी मरे भिडन्तमा

लेखि दियो विवशले जसो तसो सत्य घट्ना
सुन्ने लार्ई फुल्को माला चरी मरे भिडन्तमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग