.

Friday, August 8, 2014

गजल, बिहान धेरै भेटेको छु

भन्दिन म अनौठो यो बिहान धेरै भेटेको छु
मैले यहाँ मान्छे भन्दा सैतान धेरै भेटेको छु

हिजो सम्म पुँजा पाठ चल्ने गथ्र्यौ मन्दिरमा 
आज भने सौचालयमा भगवान धेरै भेटेको छु

पैले तिम्रो शहरमा सम्मान हुन्थ्यो नारी जाति 
अहिले त्यहिँ नारी बेच्ने दोकान धेरै भेटेको छु 

एक्काइसौ शताब्दिको नौलो स्वरुप हुनुपर्छ
मान्छे भन्दा कुकुरको सम्मान धेरै भेटेको छु

उजाड उजाड भएपछि रङ्गिचङ्गी बस्तीहरु
विवशका पाना भित्र सुनसान धेरै भेटेको छु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग