.

Wednesday, August 21, 2013

गजल, (हिड्न थालेपछि)

युवा शक्ति भनाउदा विदेश हिड्न थालेपछि
धन कमाई ठुलो बन्ने जीर्ण आशा पालेपछि

किनबन्थ्यो नयाँनेपाल कहाँ हुन्थ्यो राष्ट्रधनी
व्याक्तिगत सोचराखी पाईला अन्तै चालेपछि

केही हुन्न कुर्लिएर फेसबुक रङ्ग्याउदैमा
देशकोलागि चहिने श्रम पराई देश फालेपछि

स्वदेशबस्ने युवालाई हुतिहारा भन्न चाहे
बन्द गर्दै दुःख दिदै टाएर हरू बालेपछि

साँच्चै भलो चाहाने भए फर्किएर आऊ युवा
अनि बन्छ नयाँ नेपाल देशद्रोहि ढालेपछि
=====================
विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग