ए नेता सिधान्त रुप फेरेर देखाउ सक्छौ भने !!
पिडीत जन्ताको मुख हेरेर देखाउ सक्छौ भने !!
अर्कैले राज गर्न खोज्ने गौतम बुद्ध जन्मेको
स्थान,लुम्बिनिलाई घेरेर देखाउ सक्छौ भने !!
महाकाली नदि किनेर आफ्नो देश सुधार्ने तिनी
धोतीलाई तिम्रो मुठीमा बेरेर देखाउ सक्छौ भने !!
किन चोर नेता भै देशको इज्जत बेचेर पछी हट्छौ
सगर माथाको सिखरमा टेकेर देखाउ सक्छौ भने !!
तिमि संग खुबी भए स्वाभिमानी बनेर इतिहासमा
सुन्दर सान्त नेपाल नाम लेखेर देखाउ सक्छौ भने !!
तेजेन्द्र '' बिबश''






No comments:
Post a Comment