.

Wednesday, August 21, 2013

गजल, ( होसीयार )

गजलमा राजनीति गर्नेहरू होसीयार 
सहित्यिक अधिकार हर्नेहरू होसीयार

गजलको राजधानी बनाउने कुरा गर्दै
फेसबुक भरी विष छर्नेहरू होसीयार

कोदो रोप्दा जमिनमा गजल फल्छ अरे
यस्तो भनी नजिक पर्ने पर्नेहरू होसीयार

जतापनि ठिक्क पार्दै लोलोपोतो घसीघसी
कहिले यता कहिले उता सर्नेहरू होसीयार

साहित्यिक मनहरू जागरुप भैइसके
गर्जिएर शंङ्ख फुकी लर्नेहरू होसीयार

हिम्मत भए आऊ सिधै मैदानमा युद्ध गरौ
पिठ देखाई भाग्दै खोली तर्नेहरू होसीयार


विवश ज्ञवाली (असफल प्रेमी)
दिमीक स्याङ्जा 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग