
सानो सानो झुपडी घरको याद आयो
मक्किएर चुहिने खरको याद आयो
एक्लो भै यो प्रदेशमा तड्पिनु पर्दा
आमाको मायाँ र कदरको याद आयो
सानो छदा रुदै चक्लेट किन्न जाने
त्यो प्यारो बेनी सहरको याद आयो
बालापनको तोते बोलि त्यसै माथि
झ्याउरे भाका गाउने थरको याद आयो
उकाली र वराली गर्दा थकाई मेट्न
बसेको सानो चौतारी बरको याद आयो





No comments:
Post a Comment