लगातार परिहेको सिमसिम पानी
आकाशमा बेला बेला चम्किरहेको बिजुली
गोरखाको डाँडोमा सधैँ सधैँ बहिरहने
चिसो चिसो हावा अनि बादलुले छोपेको चन्द्रमा
झरेको थिए एक हुल सिपाइहरूसँग,
हिडिरहेको थिए देशका सपुतहरूसँग,
कुदिरहेको थिए केही गर्ने आशमा
र विगुल फुकेको थिए युद्धको
चम्चमाउदो खुकुरी हातमा टल्किरहेको थियो,
सिपाइहरूका जोसिला गर्जनहरूले ,
पहाड कापिरहेको थियो,
चराहरू यात्रतत्र भागिरहेका थिए,
थियो त केवल निश्पात र अंधाकार चारैतिर ,
रोकिन मेरो यात्रा शत्रुहरूसँग हार मानेर,
कदम हटाइन दुस्मनहरूसँग हातेमालो गरेर,
झुक्न दिइन गोर्खाको इज्जलाई शिर निहुराएर ,
त्यसैले
पुगे पूर्वमा टिष्टा नदिसम्म,
पुगे पश्चिममा सलतज नदिसम्म,
जोडे चौविसे राज्यलाई एक बनाएर ,
र राखे सुन्दर नाम नेपाल भनेर
समय फेरियो समयको गति फेरियो ,
अनि फेरिए यहाँको भ्रष्ट नेताहरूको मुहार,
अनि थाले देशमाथि गिद्धे नजर लगाउन,
चुठाए मेरो देशलाई पलभरमै,
तुहाए मेरो देशलाई एक एक गर्दै
त्यससँगै
मिल्काए मेरो प्रतिष्ठा मेरो इज्जत ,
मिलाइदिए माटोमा पलभरमै ,
हुत्याए मलाई किताबको पानातिर ,
अनि बिर्सिए मेरो गाथालाई ,
विदेशीहरूको चलखेलमा ,
उनीहरूको लहिलहिमा,
रगतले भिजेको माटो
वीर शहीदहरुको नासो
इतिहासमा कोरिएको चित्र
स्वाभिमानी बादुरको देश भित्र
सुन्छु आज छिमेकीले
माटो मिच्दै छन् रे
नासो खोस्दै छन् रे
चित्र मेट्दै छन् रे
निरन्तर निरन्तर
त्यसलै
अब रहिन म नेपालीहरूको माझ,
हुन सकिन राष्ट्र निर्माता यो देशको,
पुँजिन सकिन म फुल अक्षताले,
अनि जीवन्त बन्न सकिन इतिहासको पानामा,
नेपालीहरूको ढुकढुकि बनेर ,
नेपालीहरूको शान बनेर ,
अनि देशको सच्चा सपुत बनेर ,
बस सच्चा राष्ट्र निर्माता
आकाशमा बेला बेला चम्किरहेको बिजुली
गोरखाको डाँडोमा सधैँ सधैँ बहिरहने
चिसो चिसो हावा अनि बादलुले छोपेको चन्द्रमा
झरेको थिए एक हुल सिपाइहरूसँग,
हिडिरहेको थिए देशका सपुतहरूसँग,
कुदिरहेको थिए केही गर्ने आशमा
र विगुल फुकेको थिए युद्धको
चम्चमाउदो खुकुरी हातमा टल्किरहेको थियो,
सिपाइहरूका जोसिला गर्जनहरूले ,
पहाड कापिरहेको थियो,
चराहरू यात्रतत्र भागिरहेका थिए,
थियो त केवल निश्पात र अंधाकार चारैतिर ,
रोकिन मेरो यात्रा शत्रुहरूसँग हार मानेर,
कदम हटाइन दुस्मनहरूसँग हातेमालो गरेर,
झुक्न दिइन गोर्खाको इज्जलाई शिर निहुराएर ,
त्यसैले
पुगे पूर्वमा टिष्टा नदिसम्म,
पुगे पश्चिममा सलतज नदिसम्म,
जोडे चौविसे राज्यलाई एक बनाएर ,
र राखे सुन्दर नाम नेपाल भनेर
समय फेरियो समयको गति फेरियो ,
अनि फेरिए यहाँको भ्रष्ट नेताहरूको मुहार,
अनि थाले देशमाथि गिद्धे नजर लगाउन,
चुठाए मेरो देशलाई पलभरमै,
तुहाए मेरो देशलाई एक एक गर्दै
त्यससँगै
मिल्काए मेरो प्रतिष्ठा मेरो इज्जत ,
मिलाइदिए माटोमा पलभरमै ,
हुत्याए मलाई किताबको पानातिर ,
अनि बिर्सिए मेरो गाथालाई ,
विदेशीहरूको चलखेलमा ,
उनीहरूको लहिलहिमा,
रगतले भिजेको माटो
वीर शहीदहरुको नासो
इतिहासमा कोरिएको चित्र
स्वाभिमानी बादुरको देश भित्र
सुन्छु आज छिमेकीले
माटो मिच्दै छन् रे
नासो खोस्दै छन् रे
चित्र मेट्दै छन् रे
निरन्तर निरन्तर
त्यसलै
अब रहिन म नेपालीहरूको माझ,
हुन सकिन राष्ट्र निर्माता यो देशको,
पुँजिन सकिन म फुल अक्षताले,
अनि जीवन्त बन्न सकिन इतिहासको पानामा,
नेपालीहरूको ढुकढुकि बनेर ,
नेपालीहरूको शान बनेर ,
अनि देशको सच्चा सपुत बनेर ,
बस सच्चा राष्ट्र निर्माता





No comments:
Post a Comment