.

Saturday, January 11, 2014

गजल, (जलाउनेहरूसँग)

यसरी मलाई बारम्बार जलाउनेहरूसँग
सिधा सवाल गर्छु माया लगाउनेहरूसँग

भन्नुस माया प्रेम दुई दिनको खेलौना होर
किन माया लगाइन्छ सधैँ रुवाउनेहरूसँग

उसले भुई बसी आकाशका तारा झार्छु भन्छ
कसरी विश्वास गर्नु यसरी फकाउनेहरूसँग

मलाई यो दुनिया देखेर पनि लाज लागिसक्यो
बाँचिरहदा मान्छे झुटा आश देखाउनेहरूसँग

मैले तिम्लेजस्तो दुखी जीवन जीउनु छैन यहाँ
किनकि बस्दिन यौवनमा रात कटाउनेहरूसँग

सधैँ भरी मलाई यही प्रश्नले सताइरहने छ
कसरी उम्कने होला याद पठाउनेहरू सँग

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग