.

Saturday, February 8, 2014

गज़ल (छु यो शहरमा)

म यसरी हराइसकेको छु यो शहरमा
जसरी माच्छा हराएको छ त्यो नहरमा

प्रिय भुलिदेऊ म अनि मेरा ती यादहरू
फर्केर आउने छैन त्यो स्वर्णीम प्रहरमा

स्वाप्ना टुटेर टुक्रा टुक्रा परेका छन अचेल
त्यसैले देख्न छाडे विशाल समुद्रि लहरमा

तिमी अनि तिमीसँग बिताएका पलहरू
बाँकी होलान त केवल कहीं कतै डहरमा

वैश छदै जीवनमा ठुलै धोका पाएको छ
हो घुल्न देऊ जति घुल्छ बिचरो जहरमा

विवश अब मरेर कृतिमान राख्नेछ प्रिया
अनि सुन्नेछौ गजल पुस्तीकामा बहरमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग