.

Saturday, February 8, 2014

गज़ल (झुकाउन बाँध्य पारियो)

मलाई पहिले शिर झुकाउन बाँध्य पारियो
लगतै हँसाईयो पिर लुकाउन बाँध्य पारियो

खै कस्तो परीक्षा लियो साहुले हिजो मलाई
हानियो छातीमा तीर चुकाउन बाँध्य पारियो

मेरै आफन्त अनि नेपाली साथीहरू मिलेर
बाँधे चारैतिर जञ्जीर फुकाउन बाँध्य पारियो

सम्मान गरी पुँज्दै चढाएका फल फूलहरू
खाएसी सबै आखीर थुकाउन बाँध्य पारियो

हिजो देखि मैले नेपालीपन बुझ्नै सकिन
दिई घाउ गम्भिर उकाउँन बाध्य पारियो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग