सुन्दर भूमि उर्वर पाटो प्यारो लाग्छ
मलाई मेरो देशको माटो प्यारो लाग्छ
तराई पहाड हिमाल जता गए पनि
घुम्तीसँगै समथर बाटो प्यारो लाग्छ
विदेशी खाना चिकेन पिजा बर्गर भन्दा
साँझ विहान गुजार्ने आटो प्यारो लाग्छ
रंगीन संसार भित्र बेग्लै पहिचान भाको
ध्वाजामा चन्द्र सूर्य टाटो प्यारो लाग्छ
मेरो देशमा अचेल भाइ भाइ लडेपछि
टाठो बाठोभन्दा लाटो प्यारो लाग्छ
सिमेन्ट कर्कट पाता चाहिदैन मलाई
खरले छाको घरको भाटो प्यारो लाग्छ
मलाई मेरो देशको माटो प्यारो लाग्छ
तराई पहाड हिमाल जता गए पनि
घुम्तीसँगै समथर बाटो प्यारो लाग्छ
विदेशी खाना चिकेन पिजा बर्गर भन्दा
साँझ विहान गुजार्ने आटो प्यारो लाग्छ
रंगीन संसार भित्र बेग्लै पहिचान भाको
ध्वाजामा चन्द्र सूर्य टाटो प्यारो लाग्छ
मेरो देशमा अचेल भाइ भाइ लडेपछि
टाठो बाठोभन्दा लाटो प्यारो लाग्छ
सिमेन्ट कर्कट पाता चाहिदैन मलाई
खरले छाको घरको भाटो प्यारो लाग्छ
No comments:
Post a Comment