फेरि उम्लिएका छन जवानीका उन्मातहरू
कसरी सहन सकिन्छ आइपर्ने ब्रज्रपातहरू
उसले प्रेम गरेर बिचमै छाडेर गएकी छ
तिमीले बगाउनु पर्नेछ आशुका वर्षातहरू
प्रेम दिवस मनाए पछि सबैले बुझ्नु पर्नेछ
मायामा चलिरहन्छ घात अनि प्रतिघातहरू
मेरो देश खोक्रो बनाई मोज मस्ती गरेपनि
धेरै दिन बाँच्न सक्दैनन् यसरी कुजातहरू
प्रेम दिवसको नाँउमा यौन शोषण भएपछि
बालकले भरिएको देख्छु अचेल फुटपातहरू
मरुभुभी बस्तीमा मलाई पाइला चाल्नु पूर्व
तालीम दिएको थियो सोर्नलाई मलखातहरू
विवश आज यसरी परदेश आउनु पछाडि
कहीं कतै दोषी देख्छु मायालुका हातहरू
कसरी सहन सकिन्छ आइपर्ने ब्रज्रपातहरू
उसले प्रेम गरेर बिचमै छाडेर गएकी छ
तिमीले बगाउनु पर्नेछ आशुका वर्षातहरू
प्रेम दिवस मनाए पछि सबैले बुझ्नु पर्नेछ
मायामा चलिरहन्छ घात अनि प्रतिघातहरू
मेरो देश खोक्रो बनाई मोज मस्ती गरेपनि
धेरै दिन बाँच्न सक्दैनन् यसरी कुजातहरू
प्रेम दिवसको नाँउमा यौन शोषण भएपछि
बालकले भरिएको देख्छु अचेल फुटपातहरू
मरुभुभी बस्तीमा मलाई पाइला चाल्नु पूर्व
तालीम दिएको थियो सोर्नलाई मलखातहरू
विवश आज यसरी परदेश आउनु पछाडि
कहीं कतै दोषी देख्छु मायालुका हातहरू





No comments:
Post a Comment