.

Saturday, February 8, 2014

गीत...............................................

मायासँग एउटा मुटु माग्नु पनि व्यर्थ भयो
तस्वीर हेरी दिन रात जाग्नु पनि व्यर्थ भयो

भाको एउटा मुटु पनि उन्कै लागि अर्पण गरी 
बाबा आमासँग नाता टुक्राएर बसाई सरी 
खुसी खोजी सधैँ पछि लाग्नु पनि व्यर्थ भयो
तस्वीर हेरी दिन रात जाग्नु पनि व्यर्थ भयो

मेरै अघि पराईसँग अटुट नाता जोडेपछि
मुटु बिच भाला रोपी चाखो माया फोडेपछि
परीवारको सीमा रेखा नाग्नु पनि व्यर्थ भयो
तस्वीर हेरी दिन रात जाग्नु पनि व्यर्थ भयो

खुसी खोजी सधैँ पछि लाग्नु पनि व्यर्थ भयो
तस्वीर हेरी दिन रात जाग्नु पनि व्यर्थ भयो

No comments:

Post a Comment

स्मृति–संग्रहमा

श्रुति–संवेग