.

Saturday, February 8, 2014

गज़ल (भगवान पुजेर )

मन्दिर पुजेर भगवान पुजेर 
लिनुहोस मित्र बरदान बुझेर

एक बारको जूनी पाइदैन फेरि
बस्नुहोस खुसी साथ सबै मिलेर

जबसम्म ईश्वर हुदैन प्रशन्न
तबसम्म बर पाईदैन झुकेर

हाँस्नु रुनु यो त जिन्दगीको रित
नझार आँशु त्यो दुःख पोखेर

हिड्नु पूर्व तिमी सोच्नु पर्थ्यो
के पाउछौ हामी परदेश पसेर

विवश आज भुमरीमा परेपछि
सोच्न बाँध्य भो अतित एकफेर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग