खसी किन्न सकिन मैले बोका किन्न सकिन
गोठ सबै ह्वाङ् पर्यो झ्याल ढोका किन्न सकिन
गरिबीले आज मलाई यस्तोसम्म बनाई दियो
बाल बच्चा भोकै रुदा दुधको पोका किन्न सकिन
पागल प्रेमी हिजो राती चिच्याउदै भन्दै थियो
सकिन प्रिय सकिन हावाको झोका किन्न सकिन
गरिब दुखी जन्ताहरू धन कमाउन बिदेश छिर्दा
शहरीया केटा भन्थ्यो मैले खोका किन्न सकिन
केके किने मान्छेहरू यो दुनियामा थाहा छैन
मैले आजसम्म पानीको फोका किन्न सकिन

No comments:
Post a Comment