आज फोटिन फेब्ररीमा थियो प्रणय दिवस
रातो गुलाब नदिई सकियो प्रणय दिवस
चोखो निश्चल हाम्रो माया अनायसै टुटेपछि
सुस्त सुस्त म देखि पन्छियो प्रणय दिवस
सधैँ भरी दुःख सहि बाँच्नुपर्दा एकान्तमा
सियो बनी मुटु भित्र घोचियो प्रणय दिवस
खै कसरी भुलुला र उनि अनि उन्को तस्वीर
याद बनी कहि कतै अल्झियो प्रणय दिवस
जीन्दगीमा माया भन्दा घात धेरै पाएपछि
धोका रुपी तराजुमा जोखियो प्रणय दिवस
मैले अमृत लगाउदा उस्ले सधै विष छरी
सन्त्राप को भुमरीमा नासियो प्रणय दिवस
मरुभुमी यो शहरमा एक्लो अनि विवश बनी
अरु हाँस्दा आफु रुदैँ मानियो प्रणय दिवस
रातो गुलाब नदिई सकियो प्रणय दिवस
चोखो निश्चल हाम्रो माया अनायसै टुटेपछि
सुस्त सुस्त म देखि पन्छियो प्रणय दिवस
सधैँ भरी दुःख सहि बाँच्नुपर्दा एकान्तमा
सियो बनी मुटु भित्र घोचियो प्रणय दिवस
खै कसरी भुलुला र उनि अनि उन्को तस्वीर
याद बनी कहि कतै अल्झियो प्रणय दिवस
जीन्दगीमा माया भन्दा घात धेरै पाएपछि
धोका रुपी तराजुमा जोखियो प्रणय दिवस
मैले अमृत लगाउदा उस्ले सधै विष छरी
सन्त्राप को भुमरीमा नासियो प्रणय दिवस
मरुभुमी यो शहरमा एक्लो अनि विवश बनी
अरु हाँस्दा आफु रुदैँ मानियो प्रणय दिवस





No comments:
Post a Comment