एक दिन मान्छेको बली मन्दिरमा चढाइनेछ
देवतालाई फुल अक्षता छाडी रगत लगाइनेछ
यी अबोधहरू जति पनि किताब समाएका छन
हेर्नुहोस सबैका हात हातमा तरबार थमाइनेछ
स्कुल अनि क्याम्पसमा यस्तो शिक्षा दिइनेछ
बन्दुक काँधमा भिराएर मान्छे मार्न पठाइनेछ
घरमा आफ्नै बाबुले छोरीको इज्जत लुटेपछि
समाजमा उही विर उही सज्जन कहलाइनेछ
जो प्रेमको परीक्षा दिन यो ज्यान समर्पित गर्यो
उसैलाई ठुलो आरोप सहित पागल बनाइनेछ
भोलिको कान्तिपुर पत्रिका हेर्न नभुल्नुहोला
जसमा विवश एक कुख्यात गुन्डा छपाइनेछ

No comments:
Post a Comment