.

Saturday, February 8, 2014

गीत*******************

रुदा रुदै थाकिसके भैगो साथ चाहिदैन
एक्लै बस्छु जूनिभर अब माया लाईदैन

टुक्रा पारी मेरो मन अन्त नाता जोडेपछि
टुसा पनि नउम्रिदै चोखो माया तोडेपछि
बैगुनी को दिल्मा अब चाहेरनि छाईदैन
एक्लै बस्छु जूनिभर तर माया लाईदैन

एक बारको जूनी मेरो समर्पण गरीदिन्छु 
तिमी खुसी हुन्छौ भने धरोधर्म मरीदिन्छु
याद गर्नु ज्यान दिन अर्को जूनि धाईदैन
एक्लै बस्छु जूनिभर तर माया लाईदैन

बैगुनी को दिल्मा अब चाहेरनि छाईदैन
एक्लै बस्छु जूनिभर तर माया लाईदैन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग