.

Saturday, February 8, 2014

गज़ल ( चलिरहनु पर्छ )

यसरी चर्चा चल्नु पर्छ र चलिरहनु पर्छ 
जस्ले मलाई रुवायो हो ऊ रोईरहनु पर्छ

उसले जानी जानी घात गरेकी हो सरकार
आफै प्रमाण हेर्नुहुन्छ कि? भनिरहनु पर्छ

मेरी आमाले मलाई परदेश आउन लाग्दा
आशिश दिदै भनेकि थिइन बाँचिरहनु पर्छ

जबसम्म घात अनि प्रतिघातको खेती हुन्न
तिनै प्रेमीहरू भन्ने गर्छन् हाँसिरहनु पर्छ

स्वतन्त्र अनि समृद हाम्रो देश नभएसम्म
यही अन्धकार कानून भित्र बाँधिरहनु पर्छ

एक्लै रुदाँ सपनीमा आमा आई भन्ने गर्छिन
विवश झर्न नदेऊ आशु पुछिरहनु पर्छ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग