.

Saturday, February 8, 2014

गीत...............................................

गीत...............................................
तिम्ले जस्तो छल गरी टुप्पोबाट पलाएर
बिज रोप्ने बानी छैन जवान रुख ढलाएर 

तिम्रै निम्ति फुल्छु भन्दै झुटो नाटक गरी 
मलाई छाडि सुस्त सुस्त अन्तै बसाई सरी
बाहिरी रुपमा हाँसो छरी भित्र छुरा चलाएर
बिज रोप्ने बानी छैन जवान रुख ढलाएर 

एक बारको जुनि नहो जसोतसो बिताउला
म मरेर गए पनि तिम्रै भलो चिताउला
जादिन म ढुक्क हुनु तिम्रो शरीर गलाएर
बिज रोप्ने बानी छैन जवान रुख ढलाएर

तिम्ले जस्तो छल गरी टुप्पोबाट पलाएर
बिज रोप्ने बानी छैन जवान रुख ढलाएर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग