.

Saturday, February 8, 2014

गज़ल ( चराहरू उडिरहेछन)

जसरी आकाशमा चराहरू उडिरहेछन
त्यसरी जमीनमा मान्छेहरू कुदिरहेछन

यो कस्तो अचम्म छ पृथ्वीमा हेर्नुहोस
कतै मान्छे सुतिरहेछन कतै उठिरहेछन

यसैलाई कलियुगको सूरुवात भनिन्छ होला
आमालाई आश्रम छाडेर ढुंगा पुजिरहेछन

पागल प्रेमीहरू माया भुलाउने बाहानामा
भट्टि छिरिरहेछन सराब पिहिरहेछन

प्रवासमा केही नारीको दुर्दशा हेर्नुहोस
बाउको ठेगान बिना बच्चा बोकिरहेछन

मलाई एउटा प्रश्नले कौतुहल पार्छ यार
मान्छेले मान्छेलाई कसरी बुझिरहेछन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग