.

Friday, February 21, 2014

गीत........................................

गीत........................................
सपनीमा तिम्रो तस्वीर छाउछ अनि रुन्छु
तस्वीरसँगै तिम्रो माया लाउछ अनि रुन्छु

रातभरि जागा हुन्छु निद भाग्छ टाढा टाढा
भुल्न खोज्छु तिम्रो माया तर हुन्छ झनै गाढा
छट्पटिमै कोइली गीत गाउछ अनि रुन्छु
तस्वीरसँगै तिम्रो माया लाउछ अनि रुन्छु

तड्पी तड्पी अब धेरै बाँच्ने छैन मेरी प्रिया
तिमी बिना यो जुनीमा
हाँस्ने छैन मेरी प्रिया
तिम्लाई खोजी योमन सधैँ
धाउछ अनि रुन्छु
तस्वीरसँगै तिम्रो माया
लाउछ अनि रुन्छु

सपनीमा तिम्रो तस्वीर
छाउछ अनि रुन्छु
तस्वीरसँगै तिम्रो माया
लाउछ अनि रुन्छु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग