ती पहाड झुक्नेछन ती हिमाल झुक्नेछन
मैले तिम्लाई माया गर्दा जुनतारा लुक्नेछन
तिमी शस्त्र -अश्त्रको कुरा गरी डराउन नदेऊ
मेरो प्यारमा निशाना लगाउ सबै चुक्नेछन
यसरी मलाई आरोप सहित जेल पुर्याएको छ
जसको बिरुद्धमा भोलि ब्रहमाण्ड रुक्नेछन
आज आफन्त र पराई चिन्न नसके पक्का
भोलि तिनै छोरा छोरीले तिमीलाई थुक्नेछन
हो मलाई यो दुखमा देखेर रमाउनेहरू सुन
एकदिन विवशका जन्जिरहरू सबै फुक्नेछन
मैले तिम्लाई माया गर्दा जुनतारा लुक्नेछन
तिमी शस्त्र -अश्त्रको कुरा गरी डराउन नदेऊ
मेरो प्यारमा निशाना लगाउ सबै चुक्नेछन
यसरी मलाई आरोप सहित जेल पुर्याएको छ
जसको बिरुद्धमा भोलि ब्रहमाण्ड रुक्नेछन
आज आफन्त र पराई चिन्न नसके पक्का
भोलि तिनै छोरा छोरीले तिमीलाई थुक्नेछन
हो मलाई यो दुखमा देखेर रमाउनेहरू सुन
एकदिन विवशका जन्जिरहरू सबै फुक्नेछन
No comments:
Post a Comment