.

Friday, February 21, 2014

गजल (बाबु आमा छोडि गए)

सानै थिए सानै मत बाबु आमा छोडि गए
देखावटि रैछ बन्धन् छिन भरमै तोडि गए

रुदै हिडे कति दिन सडकका गल्ली गल्ली
कोही आए हात थामे कोही मुख मोडि गए

कैले घाम कैले पानी निरन्तर परिरह्यो
कैयौ मेरा पलहरू आकाश नै
ओडि गए

आजसम्म केके भयो खाताहरू पल्टाउ भने
सुखीहरूभन्दा धेरै दुखी नाता
जोडि गए

जीवनमा अन्तीम पल्ट रसपान गर्न खोजे
सकिन खै जोजो आए विषको विष
गोढि गए

दुखिराको छाती भित्र बचेको त्यो प्राण थियो
आज आफ्नै आफन्तले छुरा रोपि
फोडि गए

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग