कस्लाई सुनाउ खै अब हाल जिन्दगीको
कैले हाँस्ने कैलै रुने बेताल जिन्दगीको
चोटै चोट खपेर बाँच्नु पर्ने बाध्यता छ
जंजीरले बाँधिएको पर्खाल जिन्दगीको
खुसीहरू टाढा भागे दुःखहरू नजिक हुँदा
भन्न पनि लाज लाग्छ कमाल जिन्दगीको
गरिबहरू सधैँ जसो भोक मोरीमा पर्छन
चारैतिर घेरी दिदा अनिकाल जिन्दगीको
पल भरमै काल आउछ टप्प टिपी लान्छ
एकै छिनमा हुन्छ लाश चन्डाल जिन्दगीको
विवश आज मरुभूमिमा आउनुको पछि
धेरै कुरा अल्झेका छन् सञ्जाल जिन्दगीको
कैले हाँस्ने कैलै रुने बेताल जिन्दगीको
चोटै चोट खपेर बाँच्नु पर्ने बाध्यता छ
जंजीरले बाँधिएको पर्खाल जिन्दगीको
खुसीहरू टाढा भागे दुःखहरू नजिक हुँदा
भन्न पनि लाज लाग्छ कमाल जिन्दगीको
गरिबहरू सधैँ जसो भोक मोरीमा पर्छन
चारैतिर घेरी दिदा अनिकाल जिन्दगीको
पल भरमै काल आउछ टप्प टिपी लान्छ
एकै छिनमा हुन्छ लाश चन्डाल जिन्दगीको
विवश आज मरुभूमिमा आउनुको पछि
धेरै कुरा अल्झेका छन् सञ्जाल जिन्दगीको





No comments:
Post a Comment