.

Sunday, February 23, 2014

गज़ल (गौतम बुद्ध लुकाएर)

मेरो प्यारो शान्ति दुत गौतम बुद्ध लुकाएर
आज देश रुदै छ रे सगर माथा झुकाएर

छैन शान्ति छैन सुख नेपाल भित्र कतैपनि
युवा शक्ति परदेश लागे ढुक ढुकी रुकाएर

खोला बेचे नाला बेचे जमिन सारा बेची दिए
बाँकिरहेन अब यहाँ उर्वर भूमि
सुकाएर

विरगाथा गोर्खालीको निशान पनि मेटि दिए
नकाव धारी व्याँसाले लौ ईज्जत माथि थुकाएर

उठ जनता जाग अब बस्न हुन्न चेपिएर
लागौ अब देश बनाउन मन मुटु फुकाएर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग