.

Saturday, February 8, 2014

गज़ल ( भगवान हुन्छ मन्दिरमा)

हे मुर्ख कुरा बुझ भगवान हुन्छ मन्दिरमा
भगवानको उच्च त्याँ सम्मान हुन्छ मन्दिरमा

मुस्लीमको मज्जिदमा क्रिचिएनको चर्चमा झै
हिन्दु धर्मको हो छुट्टै पहिचान हुन्छ मन्दिरमा

दुर्जनलाई दण्ड दिने सज्जनलाई शरण लिने
देवताको अलग–अलग बिधान हुन्छ मन्दिरमा

जथाभावी कुरा गरी हिन्दु धर्म मास्न खोज्ने
नसोच भो तँ जस्तो सैतान हुन्छ मन्दिरमा

हिन्दु धर्म जोगाउन सतमार्गमा हिडाउन
बच्चा देखी बृद्धको बलिदान हुन्छ मन्दिरमा

एक दुइ गजल कोर्दैमा देवतालाई नमानेमा
पापी तेरो छिट्टै देहासान हुन्छ मन्दिरमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग