.

Monday, March 17, 2014

गज़ल (बोकी रंग घोली घोली साथी )

मन भित्र पीडा बोकी रंग घोली घोली साथी 
मरु भूमि बगरमा के खेल्नु र होली साथी 

दिनभरि साहुको मेला साँझ बल्ल घर फर्की
छैन चाहा होली खेल्ने मन पेट खोली साथी 

कति आए कति गए परदेशमा होलीहरू 
अँझै फेर्न सकिन खै आमाको त्यो चोली साथी 

जताततै हर्ष उल्लास छाउदा खेरी नेपालमा
बस्नु पर्छ आफू भने मन पोली पोली साथी 

यस्तै रैछ कर्म मेरो फिर्न पनि सकिन घर
धेरै बिते दिनहरू झुटो बोली बोली साथी

हर्ष बोकी आँखा भरी जन्म भूमि फिर्दा खेरी
सययले दियो भने खोलौला है भोलि साथी

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग