.

Monday, March 17, 2014

गज़ल (जानु शुभकामना तिमीलाई)

यसरी नै जीतेर जानु शुभकामना तिमीलाई
सबै देश मीचेर जानु शुभकामना तिमीलाई

विश्व भरीका जनताहरुले आँखी गाडि बसेको
ओल्ड कप लिएर जानु शुभकामना तिमीलाई

आज जस्तो हंकङ लाई धुलो ख्यायौ सबै सामु
यसरी नै जुधेर जानु शुभकामना तिमीलाई

होलीको यो पावन दिनमा सबैलाई खुसी दियौ
यस्तै मन बुझेर जानु शुभकामना तिमीलाई

हुन्छ पक्कै विजय तिम्रो कामना छ नेपालीको
आशीश लिई कुदेर जानु शुभकामना तिमीलाई

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग