हाँस्न खोज्दा ओठहरू रुन खोज्छन आँखाहरू
उजाड छन् अचेल मेरा भित्री मन्का भाकाहरू
.
पिरतीको जन्जीरमा यसरी म फसेको छु
चारैतिर देखा पर्छन खोला खाल्छा छागाहरू
.
कलियुग लागेसँगै यस्तो सुन्न थालेको छु
आश्रामतिर भेटिन्छन रे बुढा बा आमाहरू
.
विज्ञानको प्रविधिले यतिसम्म हानी गर्यो
जन्म नभई फालिदैछन् हजारौ यहाँ बच्चाहरू
.
फेसबुको दुनियामा गजल एउटा कोरेपछि
आफै मपाई भन्न थाले हिजोका यी चल्लाहरू
.
अब भने मैले पनि मर्ने निधो गरेको छु
हेरी बाँच्न नसके सी पापीनीका फोटाहरू
उजाड छन् अचेल मेरा भित्री मन्का भाकाहरू
.
पिरतीको जन्जीरमा यसरी म फसेको छु
चारैतिर देखा पर्छन खोला खाल्छा छागाहरू
.
कलियुग लागेसँगै यस्तो सुन्न थालेको छु
आश्रामतिर भेटिन्छन रे बुढा बा आमाहरू
.
विज्ञानको प्रविधिले यतिसम्म हानी गर्यो
जन्म नभई फालिदैछन् हजारौ यहाँ बच्चाहरू
.
फेसबुको दुनियामा गजल एउटा कोरेपछि
आफै मपाई भन्न थाले हिजोका यी चल्लाहरू
.
अब भने मैले पनि मर्ने निधो गरेको छु
हेरी बाँच्न नसके सी पापीनीका फोटाहरू





No comments:
Post a Comment