.

Monday, March 3, 2014

गज़ल (भाङ् भयो नत धतुरो भयो)

न त साथमा भाङ् भयो नत धतुरो भयो
जीवन मेरो त्यसै पनि झनै बेसुरो भयो

शिव बस्दा बैकुण्ठमा आफु भने पातल गंगा
कस्तो भाग्य नियतीको भेटघाट अपुरो भयो

जैले आउछ याद उनको अनि सँगै पावर्तीको
बिचमा हुदा जय गणेश सपना अधुरो भयो

धाकै थिए कैयौ पल्ट सगरमाथा शिर सम्म
पारी रैछन क्यारे उनि बिचमा चुचुरो भयो

आज सम्म कति आए कति गए शिव रात्री
मेरो भने सधैँ उस्तै मन बहलाउने कुरो भयो

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग