.

Saturday, March 22, 2014

गज़ल (ए सानीले धोका दिन्छ अचेल)

गजल कोर्दा ए सानीले धोका दिन्छ अचेल
कहिले फेरि जवानीले धोका दिन्छ अचेल

भुल्न खोज्छु अतितलाई बर्तमानमा रमाउन
धोके वाजका कहानीले धोका दिन्छ अचेल

तिमी जस्तो शहरमा फुल्न कहाँ सक्छु प्रिया
गरिब मान्छे नादानीले धोका दिन्छ अचेल

आलो घाउ मुटु भित्र चस्स चस्स दुख्ने गर्छ
सेक्न खोजु नून पानीले धोका दिन्छ अचेल

मेटाउन उन्को तस्वीर धेरै गरे प्रयत्न त
मेट्दा मेट्दै नजानीले धोका दिन्छ अचेल

तिमी जस्तो आँखा देख्ने भाको भए मैले पनि
शिखर चुम्थे यो नानीले धोका दिन्छ अचेल

हिजोआज विवश कहाँ त्यसै पागल भाको होर
झल्को आउने बैमानीले धोका दिन्छ अचेल

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग