.

Monday, March 17, 2014

गज़ल (आउछौ हराउछौ कहाँ बादल जस्तै )

तिमी आउछौ हराउछौ कहाँ बादल जस्तै ।
त्यतै हेर्दै टोलाउँछु म त्यो पागल जस्तै ।

सच्चिकै त्यो सुन्दर तन् मन् मलाई सुम्पिए ।
सजाई राख्थेँ आँखाभरी सधै गाजल जस्तै ।

तिम्रो कति बयान गरु सक्दिन यो भन्दा ।
तिम्रा हरेक कुरा लाग्छन् मेरा आचल जस्तै ।

मरुभुमी हेर्दै आधा जीवन बिताएछु ।
तिम्रा नशालु ति नयन लाग्छ का
फल जस्तै ।

जिन्दगीमा आँशुभन्दा अरु केही पाइनँ ।
यो जीवन नै लाग्छ अचेल बिशाल खा
डल जस्तै !

अति भयो नसताउ अब त यसरी ।
तिमी भित्रै म चाहान्छु फुल्न क
मल जस्तै ।

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग