आफ्ना भन्ने मान्छे बाटै घात भएपछि
कोमल मन दुख्दो रैछ आहात भएपछि
रंगीन त्यो फूल देखाई काडाँ सुम्पी गए
मुस्कुराउदै जून बिनाको रात भएपछि
निदाउन सक्या छैन धेरै भयो अचेल
बास बस्ने ठाउँ पनि फुटपात भएपछि
मन्दिर छोडि सौचालयमा राख्छन देवता
मान्छेहरूको मन भित्रै मलखात भएपछि
दिनै पिच्छै लुटिन्छ यहाँ बिचरी चेलीहरू
खसी बोका जस्तो मान्छे उन्मात भएपछि
बुढा भाका आमा बाबा छाडछन आश्रममा
यस्ता कलियुका बकम्फुसे औलात भएपछि
कोमल मन दुख्दो रैछ आहात भएपछि
रंगीन त्यो फूल देखाई काडाँ सुम्पी गए
मुस्कुराउदै जून बिनाको रात भएपछि
निदाउन सक्या छैन धेरै भयो अचेल
बास बस्ने ठाउँ पनि फुटपात भएपछि
मन्दिर छोडि सौचालयमा राख्छन देवता
मान्छेहरूको मन भित्रै मलखात भएपछि
दिनै पिच्छै लुटिन्छ यहाँ बिचरी चेलीहरू
खसी बोका जस्तो मान्छे उन्मात भएपछि
बुढा भाका आमा बाबा छाडछन आश्रममा
यस्ता कलियुका बकम्फुसे औलात भएपछि





No comments:
Post a Comment